- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्नेतर्फ संकेत गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानविन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानविन समिति बन्नुपर्ने संकेत गरेका हुन् ।
उनले संसदमा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने बताए । उनले सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउनु नहुने बताए । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताए । उनले जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताए ।
उनले भने – ‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् । यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ । सत्ता पक्षले जबरजस्ती गरेर हाउस चलाउछु भनेर त्यो काम लाग्दैन । आजभन्दा डेढ महिना अगाडी अर्को समिकरण भएको बेलामा यि प्रतिपक्षमा बसेर के गरेका थिए, सम्झिए हुन्छ । सुन काण्ड छानविन गर्न सरकारका स्थायी संयन्त्रहरु कुनै काम लाग्दैन आयोग बन्नैपर्छ भनेर गरेको हो कि होइन ? त्यसकारणले आफैँले नजिर बसाइसकेको छ । दोस्रो कुरा, आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफुलाई चोखिने अवसर पाउने हो । तर जबरजस्ती बस्न खोज्नु भनेको त्यहाँ केही बदमाशी छ भनेर शंका गर्ने ठाउँ छ । त्यसकारण उसले आफूलाई चोखो ठान्छन् । मैले कमजोरी गरेको छैन भन्ने ठान्छन् भने उनले तयार छु भन्नपर्छ । सभामुख भनेको बिचरा जिन्दगीमा पहिलोचोटी प्रतिनिधि सभामा आएका छन् । यत्रोविधि सांसदहरुले, आफुजस्तै हैसियतका मान्छेले डांगडुंग भनेपछि सभामुख सोझो मान्छे, कमलो मन आँट हुँदैन नि । प्रतिपक्ष उठेको बेलामा सत्तापक्षलाई समय दिनै हुँदैन । किनभने त्यो लडाउने उपाय हो । सभामुखले दुईथरीलाई लडाउनु हुँदैन । किनभने सत्तापक्षलाई समय दिने भनेको चाहीँ प्रतिपक्षको विरुद्धमा बोल भनेको हो । कहिल्यै गर्नु हुँदैन त्यो । उनको कमजोरी हो । अज्ञानता हो । उनले मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षले बोलिसकेपछि सत्ता पक्षको सांसदलाई बोल्न दिनु सभामुखको कमजोरी र अज्ञानता भएको बताए । उनले सभामुखले संसदमा दुई पक्षलाई लडाउने उपाय गरेको भन्दै त्यसो गर्नु नहुने बताए ।’
सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि बताए ।