arrow

खगराजविरुद्ध सर्वोच्चमा रिट, नजिर मुख्यमन्त्रीको विपक्षमा, सुनुवाइ बुधबार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
khagaraj-adhikari-uml-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
      
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पुर्याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन् । 
      
उक्त रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गरेको र अधिकारीलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ । 

रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुर्याउन नमिल्ने जिकिर गरिएको छ । उक्त विवादको सुनुवाइ बुधबार हुनेछ ।
      
यसअघि कोशी प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालले सभामुखको मत जोड्न नपाउने आदेश दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ