arrow

हिमपातले अवरुद्ध भएपछि ११ महिनापछि नियमित खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
Hospital-humla.jpg

हुम्ला ।  हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् । 
   
लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । 

हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए । 

गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी उनले दिए । 

लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले  सेवा प्रवाह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ