arrow

एप्पलका आईफोनमा जासुसी, ९१ देशलाई ईमेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
iphone-apple-81.jpg

क्यार्लिफोनिया । एप्पलले आफ्ना आईंफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ । कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो । 

विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिँदै आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो । 

 एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो । 

गत बुधबार रातीको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । उनीहरूको दर्ता गरिएको ईमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ