arrow

पति–पत्नीको मनमुटावले नाउपामा तनाव, सुदूरपश्चिम दलका नेता चौधरी निलम्बित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
resham-ranjita-unmukti-part.jpg
तस्बिर – फाइल ।

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई  ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई स्पष्टीकरण सोधेकी थिइन् । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । 

चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ । अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् । 

नाउपामा अध्यक्ष रञ्जिता र उनका पति एवं नाउपा संस्थापक रेशम चौधरीबीच मनमुटाव हुँदा कारबाहीको खेलो भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ