arrow

पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
putin.jpg.jpeg
मस्को (रसिया)। रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट सम्बन्ध रहेको जनाएको छ । 
 
“दुई जनाबीच फ्रान्सका पूर्व प्रधानमन्त्री फिलन सरकार प्रमुख रहेको बेलादेखि नै सम्बन्ध स्थापित भएको र पछि उनिहरुबीचको सम्बन्धमा विल्कुलै राम्रो सम्बन्धमा विस्तार भएको छ, क्रेमलिनका प्रवक्ता दिमित्री पेश्काभले सञ्चारकर्मीसँग बताए ।” 
 
उनिहरुले वास्तवमै राम्रो सम्बन्ध कायम राख्नुभएको छ, पेश्कोभले बताए । पेश्कोभले थपे, “मस्कोले फ्राम्सको राष्ट्रपतीय निर्वाचन अन्तर्गतको “प्राइमरी” निर्वाचनलाई विशेष महत्वका साथ हेरिरहेको छ ।” फ्रान्स रसियाको सहयोगी रहँदै आएको र आगामी दिनमा दुई देशबीचको सम्वन्ध प्रगाढ वन्ने पेश्कोभले विश्वास व्यक्त गरे। 
 
बेलायती पूर्वप्रधानमन्त्री मार्गेट थ्याचरका प्रशंसक रहेका फिलनले आइतबार आएको प्राइमरी निर्वाचन परिणाममा यस पहिले निकोलस सार्कोजी राष्ट्रपति रहँदा प्रधानमन्त्रीका रुपमा काम गरेका थिए । तर आइतबार फिलनले सार्कोजी विरुद्ध “आश्चर्यजनक” विजय प्राप्त गरेका छन् । रसियाली सञ्चारमाध्यमले यस हप्ता फिलनलाई ‘मस्कोको असल मित्र’का रुपमा चित्रण गर्दै उनको समर्थनमा समाचार दिएका थिए । 
 
फिलनलाई रसियाले सन् २०१४ मा क्रिमियालाई गाभेको र पूर्वी युक्रेनमा रसिया पक्षधर विद्रोहीद्वारा गरिएको आन्दोलनबाट टाढिएको सम्बन्धमा सुधार गर्न सक्ने नेताकारुपमा रसियामा चित्रण गरिएको छ ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ