arrow

संविधान संशोधनको ठोस प्रस्ताव आएन : अध्यक्ष ठाकुर

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
Mahanta_Thakur.jpg.jpeg
काठमाडौँ । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले आन्तरिक उपनिवेशमा परेका मधेसी समुदायलाई मुक्त गर्न पार्टी सङ्घर्षमा रहेको बताएका छन् । 
 
पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा बुधबार पार्टी सदस्यता वितरण कार्यक्रममा उनले मधेस एवम् मधेसी जनताको हकअधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने बताए । अध्यक्ष ठाकुरले संविधान संशोधनको प्रक्रिया अघि बढे पनि अहिलेसम्म सत्तारुढ र विपक्षी दलकातर्फबाट ठोस प्रस्ताव आउन बाँकी रहेको बताउँदै आफ्ना माग सम्बोधन हुने गरी प्रस्ताव आए मात्र त्यसलाई स्वीकार गर्ने जानकारी दिए । 
 
तमलोपाका उपाध्यक्ष वृषेश चन्द्रलाल र केन्द्रीय सदस्य चन्दा चौधरीले पार्टी सङ्गठनिक संरचनालाई दुरुस्त पार्न सदस्यता अभियान सञ्चालन गरिएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ