arrow

वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी छ - अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
arjun-narsing-kc-2080-06-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताएका छन् । आइतबार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 उनले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको बताए । उनले देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको बताए । उनले अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरू एक हुनुपर्ने आवश्यकता रहेको बताए । उनले देशको राष्ट्रिय अवस्था सोचेको जस्तो सहज नरहेको बताए ।

उनले भने, ‘अहिले राष्ट्रिय परिस्थिति नाजुक छ । आम जनतामा निराशा छ । असन्तोष छ । यथास्थितिवाद छ । यथास्थिति भन्नाले अहिलेको अवस्थाको विरोधमा छ । वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ । लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ । त्यसैले जहाँ जहिले पनि निराशा र असन्तोष छ । असन्तोषबाट अराजकता, अराजकताबाट विद्रोहतिर उन्मुख छ । यो परिस्थिति जुन देखिएको छ, त्यसलाई सम्हाल्नुपर्ने सबै राजनीतिक दलहरूलाई चुनौती छ । हामी जति सजिलो सम्झिरहेका छौँ, त्यति सजिलो राष्ट्रिय अवस्था छैन । चाहे आर्थिक होस् हामी अत्यन्त नाजुक स्थितिबाट गुज्रिरहेका छौँ । कुन दिन असफल राष्ट्रतिर उन्मुख हुने स्थिति छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यत्तिकै जटिल र चुनौतीपूर्ण छ । तत्कालै नदेखिएको होला, तर गम्भीर बन्दै गइरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ