इम्जा हिमतालमा देखिए रक्षामन्त्री खाँण र वातावरण मन्त्री जोशी
प्रकाशित २०७३ मंसिर ८ बुधबार
1.1k
Shares
काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँण र जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले संयुक्त रुपमा इम्जा हिमतालको पानीको सतह घटाउने कार्यको औपचारीक उद्घाटन गरेका छन् ।
मन्त्रीहरु उच्च सुरक्षा र प्रबन्धमा इम्जा पुगे । प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु तथा नेपाली सेनाका रथी लगायत संचारकर्मी समत इम्जा पुगेका थिए ।
इम्जा हिमतालको पानीको सतह घटाउने कार्य नेपाली सेनाले २०७२ साल चैत्र १७ गतेदेखि प्रारम्भ गरी २०७३ असोज ९ मा सकेको थियो ।