arrow

सर्वोच्चले दियो नाउपाकी सांसद इन्दिरा गिरीको पुनर्बहाली गर्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
indira-giri-naupa.jpg

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुनर्बहाली भएको छ । 

नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुनर्बहाली भएको हो । 

आजै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । 

यसअघि पार्टीको निर्णय विपरीत गएको भन्दै गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभा सदस्यबाट हटाएको पत्र पठाइकी थिइन् ।

अध्यक्ष श्रेष्ठको पत्रपछि सुदूरपश्चिम प्रदेशका सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ