arrow

लामो समयपछि भीम रावलले पोखे आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
bhim-rawal-uml-2078-kartik.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले सुदूरपश्चिम प्रदेशमा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत भएको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबी पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

नेता रावलले यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको औचित्य नभएको बताएका छन् ।

उनले भनेका छन्, कोशी प्रदेशपछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास्वार्थको खेल (दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति ।’

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरकिो दाबी परेपछि रावलको यो अभिव्यक्ति आएको हो । 

कैलाशलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी पेश गरिएको छ भने लक्ष्मणलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन रहेको छ । 

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ