arrow

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा चालीसको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
china-construction.jpeg
नानच्याङ (चीन) । चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । 
 
घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जनाको मृत्यु भएको जनाएपनि भत्किएको टावरको भग्नावशेषमुनि अझै केही मजदुर पुरिएको अनुमानमा उद्धारलाई जारी राखिएको छ । 
 
बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा पाँच जना मजदुर घाइते भएका बताइएको छ । उनीहरूको स्थानीय एक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ