arrow

रामनवमीका बेलामा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
binaya-yadav

विराटनगर । विराटनगरमा बुधबार रामनवमी मनाउने क्रममा निकालिएको शोभायात्राका क्रममा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले आपत्ति जनाएको छ ।

अभियानका अध्यक्ष विनय यादवले एक विज्ञप्ति जारी गर्दै विराटनगरमा श्रद्धालुहरूद्वारा रामनवमी मनाउने क्रममा शोभायात्रामाथि एक समूहले गरेको आक्रमणको विषयलाई छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।

अभियानको विज्ञप्तिमा भनिएको छ, ‘देशैभरको शान्ति र सद्भाव बिथोल्न सक्रिय जिहादी समुदायको जिहादको एक भाग रहेको हाम्रो ठहर छ। अभियान सदियौँदेखि नेपालमा बसोबास गर्दै आएका राष्ट्रभक्त मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई जिहादीहरूको प्रभावबाट बच्न आग्रह गर्दै देशमा सहिष्णुता बनाइराख्न हार्दिक अनुरोध गर्दछ । 

साथै जिहादी आक्रमणबाट विराटनगरमा घाइते भएका श्रद्धालुहरूको शीघ्र स्वास्थलाभको कामना गर्दछ र सरकारसँग जिहादीहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ