arrow

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
mancity-2024.jpg

काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री क्लबबीच आज राति हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । 
एफए कपको फाइनल भने मे २५ मा हुने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ