arrow

बाबुराम भट्टराई अधिक लोभीपापी बनेको आरोप

आफू राष्ट्रपति र पत्नीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
baburam-bhattrai-11-22.jpg

काठमाडौँ ।नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अधिक लोभीपापी बनेको आरोप अर्का  अध्यक्ष महिन्द्र राय यादवले लगाएका छन् ।अध्य यादवले डा. भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाए ।

यादवले डा. भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताउँदै भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरे । 

आफूले राष्ट्रपति नपाएपछि पत्नी यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताए । अन्तिममा पत्नी यामीको लागि गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य मागेको र सो पनि नपाएपछि एकता हुन नसकेको उनले बताए । 

अध्यक्ष यादवले भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिन भित्रमा पार्टी एकता भइसकेको हुने जिकिर गरे । उनले भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए । उनले बाबुराम भट्टराई अधिक लोभीपापी बनेको पनि बताए । उनले भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको बताए ।

अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उनसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरूको भएको प्रस्ट पारेको बताए । उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ