arrow

म्यानयु एफए कपको फाइनलमा, उपाधि भिडन्त म्यानसिटीसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
manu-coventry-facup-AP.jpg

काठमाडौँ । प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा ३–३ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा म्यानयु ४–२ ले विजयी भएको थियो ।

अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ । आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्द्वी युनाइटेड र सिटी भिड्ने भएका छन् ।
 
सेमिफाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ