arrow

एल क्लासिकोमा रियालले हरायो बार्सालाई  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
real-madrid-2024.jpg

काठमाडौँ । स्पेनिश लिग ला लिगा फुटबल अन्तर्गतको एल क्लासिको रियाल म्याड्रिडले जितेको छ। गएराति सम्पन्न एल क्लासिकोमा रियाल मड्रिडले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

मड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज  र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।

यो जितपछि रियाल मड्रिडले बार्सिलोनामाथि आफ्नो अग्रता बढाएको छ । ३२ खेलमा ८१ अंक रहेको रियाल मड्रिड बार्सिलोना भन्दा ११ अंकले अगाडि भएको छ । त्यस्तै बार्सिलोनाको ३२ खेलमा ७० अंक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ