arrow

पृथ्वीमा एक हजार वर्षसम्म पनि मानव सभ्यता बस्न नसक्नेः हकिङ

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
earth.jpeg
लण्डन । विश्व प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङले अबको एक हजार वर्षसम्म मानव सभ्यता यस धर्तीमा बस्न नसक्ने भन्दै अर्को ग्रह खोज्न सुझाव दिएका छन् । 
 
अक्सफोर्ड युनियन डिबेटिङ सोसाइटीमा आफ्नो विचार राख्दै हकिङले मानवलाई जिवितै राख्नका लागि पृथ्वीबाहेक अर्को ग्रहमा लैजानु पर्ने पनि उनले बताए । 
 
हॉकिंग ने कहा, रिसर्च और थ्योरिटिकल फिजिक्स के लिहाज से अच्छा वक्त आने वाला है। (फाइल)
 
७४ वर्षीय प्राध्यापक हकिङले मानिस ब्रम्हाण्डको एउटा सानो हिस्सा भएको बताउँदै यसलाई नजिकबाट बुझ्न सक्नु नै ठूलो हो भनेका छन् । 
 
द डेली एक्सप्रेसका अनुसार हकिङले भनेका छन्, ‘मलाई त्यस्तो लाग्दैन कि हामी धर्तीमा एक हजार वर्षसम्म रहन सक्छौं, हामी अब अर्कै ग्रहमा जानुपर्छ ।’
 
उनले भनेका छन्, ‘पृथ्वी धेरै कमजोर भइसकेको छ, यसले एक हजार वर्षसम्म पनि हामीलाई सम्हाल्न सक्दैन ।’
 
हकिङले अर्को शताब्दीमा मानिसले धर्तीमा क्लाइमेट चेन्ज र न्यूक्लियर टेररिज्मको सामना गर्नुपर्ने बताए । 
 
हकिङले अध्ययन अनुसन्धानका लागि भने राम्रो समय आएको बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ