arrow

पाँच प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
weather-evergreen-rain.jpg

काठमाडौँ ।  हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशको तराई भू-भागका केही स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । 

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

मधेस र कोशी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ