arrow

ढुङ्गा प्रहारबाट एकको मृत्यु

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
man-hit.jpeg
बागलुङ । जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ । बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो । 
 
पसलबाट चामल बोकेर घर जाँदै गर्नुभएका चक्रबहादुर विकलाई फल्लेघर भन्ने ठाउँमा लोचनले ढुङ्गा प्रहार गरेका थिए । 
 
मदिरा सेवन गरेका लोचनले आपसी विवादका क्रममा अचानक ढुङ्गाले हानेको स्थानीयवासी वीरबहादुर विकले जानकारी दिए । 
 
टाउकामा चोट लागेर गम्भीर घाइते भएका विकको केही बेरमै ज्यान गएको थियो । ढुङ्गा प्रहार गर्ने लोचन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
विकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए । 
 
मृतक विकको शव पनि प्रहरीले बुर्तिबाङ ल्याएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ