arrow

कतारी राजा आउँदा नेपालमा मंगलबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

थानी पहिलोपटक नेपाल भ्रमणमा आउँदै छन् । उनले नेपालको दुई दिने औपचारिक भ्रमण गर्ने भएका छन् । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएका छन् । त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए ।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन्। 

कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ