arrow

कतारी राजा आउँदा सुरक्षाको जिम्मा सेनालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
Tamim-bin-Hamad-Al-Thani-.jpg

काठमाडौँ । कतारी अमिर (राजा) शेख तमिम बिन हमद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार आउँदैछन् । पहिलो पटक नेपाल आउन लागेका उनी साँझ ५ बजे काठमाडौँ आइपुग्नेछन् । 

उनी होटल सोल्टीमा विश्राम गर्ने कार्यक्रम रहेको छ । उनी नेपालमा रहँदा सुुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले त्यसको तयारी पूरा गरिसकेको पनि जनाइएको छ । 

नेपाल सरकारलेसमेत मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार नेपाल आउन लागेका राजाको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको हो । 

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएका छन् । त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए ।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन्। 

कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ