arrow

‘जीबी राई कहाँ छ, रविलाई थाहा छ’ [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
ravi-bibi-rai.jpg

पोखरा । कास्की सहकारी बचत पीडित संघर्ष समितिले सोमबार पोखरामा विरोध जुलुस निकालेको छ । सहकारी पीडक जीबी राईलाई अहिलेसम्म पक्राउ नगर्ने सहकारी प्रकरणमै मुछिएका गृहमन्त्री रवि लामिछानेको चाल रहेको भन्दै पीडितहरुले ‘जीबी राई कहाँ छ, रविलाई थाहा छ’ भनी नारा लगाएका थिए । 

उनीहरुले तत्काल जीबी राईलाई पक्राउ गर्नुपर्ने, रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । उनीहरुले फरार प्रतिवादी तुरुन्त पक्राउ गर, अभियुक्तलाई राजनीतिक संरक्षण बन्द गर’ भनी माग गरेका छन् । 

पीडितहरुले सरकारलाई सहकारी पीडितको समस्या राज्यबाट छिटो समाधान गर्न पनि माग गरेका छन् । 

पीडितले सहकारी पीडितमाथिको राजनीति बन्द गर्न माग गर्दै सबै सहकारी पीडितलाई एक हुनसमेत आग्रह गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ