arrow

राष्ट्रपति पौडेल र कतारी राजाबीच शीतल निवासमा भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
ramchandra-thani-81-01-11.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा शेख तमिम विन हमद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल भएको जनाइएको छ । 

कतारका राजा थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी भएका छन् । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता रहेको छ । 

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगललबार अपरान्ह नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले राजा थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । 

कतारका राजाको यो पहिलो नेपाल भ्रमण हो । नेपाल सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ । 

कतारका अमिर थानी साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछन् । 

दुई दिने भ्रमण सकाएर उनी बुधबार अपरान्ह स्वदेश फर्कने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ