- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो अन्तरिक्ष यात्रामा जाने भएकी छिन् । उनी आगामी मे ६ मा बोइङको स्टारलाइनर क्यालिप्सो मिसनको हिस्सा हुनेछिन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यस मिसनका लागि दुई वरिष्ठ वैज्ञानिक बुच विल्मोर र सुनिता विलियम्सलाई छनोट गरिएको छ । हाल सुनिता बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चालक दलको उडान परीक्षण मिसन पाइलटको रूपमा प्रशिक्षण लिइरहेका छन् ।
बोइङको स्टारलाइनर अन्तरिक्ष यान मे ६ मा राति १०ः३४ बजे एलायन्स एटलस वी रकेटमा प्रक्षेपण हुने नासाले जनाएको छ । अन्तरिक्ष एजेन्सीका अनुसार यो अन्तरिक्ष यान फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको स्पेस लन्च कम्प्लेक्स–४१ बाट प्रक्षेपण गरिने छ ।
दुवै यात्रुहरू दुई हप्तासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा बस्नेछन् । यसका लागि तयारी पूरा भएको छ । यसअघि यो अन्तरिक्ष यान जुलाई २०२२ मा प्रस्थान गर्ने कार्यक्रम थियो तर कोरोना महामारीका कारण यो एक वर्षको लागि स्थगित गरिएको थियो ।
स्पेस शटल र बोइङ स्टारलाइनर धेरै फरक छन् । अन्तरिक्ष यान लामो समयसम्म कक्षमा रहन सक्छ, जबकि बोइङ स्टारलाइनरको कक्षामा कम मात्र रहन सक्छ ।
त्यस्तै अन्तरिक्षयानले धेरै सामान बोक्दैन तर बोइङ स्टारलाइनरले उपकरणलाई अन्तरिक्षमा लैजान सक्छ, सामान अर्को ग्रहमा लैजान सक्छ । बोइङ स्टारलाइनरको यो मिसन सफल भएमा यसले अन्तरिक्ष पर्यटनका लागि नयाँ ढोका खोल्ने समेत बताइएको छ ।
सुनिता विलियम्स जुन १९९८ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा छनोट भएकी थिइन् । डिसेम्बर ९, २००६ मा, सुनिता विलियम्स पहिलो पटक अन्तरिक्षमा गएकी थिइन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाइएको १४औं शटल डिस्कभरीको साथ उनलाई प्रक्षेपण गरिएको थियो । यसपछि उनको दोस्रो अन्तरिक्ष यात्रा २०१२ मा भएको थियो ।