arrow

बिजुलीको पोल बोकेको ट्याक्टरले किचेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
District-25-Makwanpur-hamrakura.jpg.jpeg

मकवानपुर । कैलाश गाउँपालिका-१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कैलाश-१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भलटारबाट पुरानो गाउँतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको बागमती प्रदेश०३-००१त ०४१९ नम्बरको ट्याक्टरको पछाडि टेलरमा सवार प्रदीपको सोही ट्याक्टरबाट लडेर पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

उनका अनुसार मृतक प्रदीपको शव कानुनी प्रक्रियापश्चात परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

प्रहरीले ट्याक्टर र ट्याक्टर चालक भीमफेदी गाउँपालिका-९ बागमारा बस्ने ३३ वर्षीय वीरमान स्याङतानलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ