arrow

तनहुँमा चार नगरपालिका र छ गाउँपालिकाको टुङ्गो लाग्यो

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
Tanahu-hamrakura.jpg.jpeg
तनहुँ। तनहुँ जिल्लामा स्थानीय निकायको पुनःसंरचनाको विषयमा बसेको सर्वदलीय बैठकले चार नगरपालिका र छ गाँउपालिकाको टुङ्गो लगाएको छ । जिल्लामा पुनःसंरचनाको टुङ्गो नलाग्दा विवादित बनेकामा सर्वदलीय बैठकले चार नगरपालिका र छ गाउँपालिका बनाउने निर्णय गरेपछि टुङ्गो लागेको हो ।
 
यसअघि जिल्लामा चार नगरपालिका र आठ गाउँपालिका बनाउने प्राविधिक समितिले निर्णय गरेको थियो । उक्त बैठकले साविकको नौ वटा संरचनामा मस्र्याङ्दीलाई भानु नगरपालिकामा र ढोरफिर्दीलाई शुक्लागण्डकी नगरपालिकामा राखेर १० वटामा कायम गरेको हो । 
 
पुनःसंरचना आयोगले विवादित जिल्लाको विवाद मिलाउन भन्दै तीन दिनको म्याद थप गरेपछि पुनःसर्वदलीय बैठक राखेर टुङ्गो लगाइएको जिल्लास्तरीय प्राविधिक समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ