वुटवल । मानव अधिकार तथा शान्ति समाज दाङ शाखा देश भरकै शाखाहरु मध्ये उत्कृष्ट भएको छ । राष्ट्रिय आवस्यकता शुसासन र पारदर्शिता भन्ने मुल नाराका साथ आज शुक्रवार देखि वुटवलमा सुरुभएको १९ औ राष्ट्रिय परिशद् वैठक एवम केन्द्रिय अधिवेशनको उद्घाटन सत्रमा जिल्ला शाखा दाङलाई सम्मान गरिएको हो ।
यस अघी जिल्ला शाखा दाङ चौथो पटक उत्कृष्ट शाखाको रुपमा सम्मानित भई सकेको शान्ति समाज दाङका सचिव शरद रेग्मीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवम पुर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले शान्ति समाज दाङका सभापती शुरेस हमाललाई सम्मान गरेका थिए । केन्द्रिय सभापती गंगाधर अधिकारीको सभापतित्वमा सुरु भएको उद्घाटन कार्यक्रमा प्रमुख अतिथि सिटौलाले राजनेताहरुले सत्ता र स्वार्थ केन्द्रित राजनिति अवलम्वन गरेकै कारण मुलुक गम्भीर परिस्थितीमा पु्गेको वताए ।
उनले मुलुकमा गणतन्त्र स्थापना गर्न आफैमा ठुलो परिवर्तन भएको भन्दै सो अनुसार नेताहरुको सोचमा परिवर्तन आउन नसकेको भन्दै शान्ति समाजले निरन्तर खवरदारी गर्न समेत आग्रह गरे। उनले अव सिंहदरवारवाट व्यवहार परिवर्तन गर्नु पर्ने वेला आएको समेत औल्याए । कार्यक्रमा समाजका संस्थापक सभापती कृष्ण पहाडीले शान्ति समाज निरन्तर मुलुकमा शान्ति स्थापना गर्न लागि परेको वताए ।
उनले आफुहरुले संचालन गरेको देश व्यापी जनजागरण तथा स्वाभिमान अभियानले आफुलाई अझ उर्जावान गराएको भन्दै सवै जात र जातिहरुलाई एउटै मुल मन्त्रमा वाँधेर नेपालीको मात्र पहिचान गराउनु पर्नेमा जोड दिनु भयो । यता जिल्ला शाखा दाङले वर्तमान केन्द्रिय सदस्य एवम पुर्व जिल्ला सभापती शुसिल वस्नेतलाई केन्द्रिय सचिवमा प्रस्ताव गर्ने तयारी गरेको जिल्ला सह सचिव अमृत काजी शर्माले जानकारी दिए । दुई दिनसम्म संचालन हुने अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्दै छ ।