arrow

इरानमा रेल दुर्घटना : ३१ को मृत्यु

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
irantrainaccident.jpeg
तेहरान (इरान)। इरानको सिमनान प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको प्रान्तीय प्रशासनले जनाएको छ । 
 
शुक्रबार विहानै दुई नगर रेल एक आपसमा ठक्कर खाएका र घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा खावाजले यहाँको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा जानकारी दिए । 
 
घटनामा करिब ७० जना घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केही यात्री गम्भीर रूपमा घाइते भएकाले मृतक सङ्ख्या केही बढ्न सक्ने बताइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ