arrow

मिटरब्याज पीडितको गुनासो सरकारले गरेन पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
meter-byaji-pidit.jpg
तस्बिर-फाइल

सिरहा । सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन (मिटरब्याज) पीडितले गुनासो गरेका छन् ।

शुक्रबार सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याज पीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो गरे ।

मिटरब्याजपीडित सङ्घर्ष समिति संयोजक मनोजकुमार पासवानले सरकारले पटक-पटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाए । 

उनले उल्टै मिटरब्याज पीडितलाई स्थानीय प्रशासनले दुःख दिने काम गरिरहेको उनको भनाइ छ ।

समस्या समाधानको काम प्रभावकारी ढङ्गले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ