arrow

इलाम र बझाङ उपनिर्वाचन

बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान, अमूल्य मत दिन अपील

इलाम २ मा १९ उम्मेदवार, एक लाख १६ हजार ८८९ मतदाता, बझाङ १(क) मा १२ उम्मेदवार, ६१ हजार ७४८ मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
upanirwachan-2081.jpeg

काठमाडौँ । आज इलाम–२ र बझाङ १(क) मा उपनिर्वाचन हुँदैछ । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

बझाङ १ (क) कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले इलाम र बझाङको निर्वाचनमा सहभागी हुन अपीलसमेत गरेको छ । 

इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएकोसमेत आयोगले जनाएको छ । 

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ । “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने ४८ घण्टा अगाडिबाट शुरु भएको प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसूर तथा सजाय) ऐन २०८७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ”, आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदानमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाटसमेत सुक्ष्म अनुगमनको कार्य भइरहेको छ ।”

मतदानका दिन निर्वाचनको स्वच्छता, निश्पक्षता र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भईसकेको पनि आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ