arrow

इलाम–२ उपनिर्वाचन 

मतदान शान्तिपूर्ण रूपमा शुरू, १९ जनाको भविष्य तय हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
dambar-khadka-election-2081.jpg

फिक्कल । इलाम क्षेत्र –२ मा मतदान शुरू भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । 

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए । 

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

शनिबारको दिन १९ जना चुनावी मैदानमा छन् । १९ जनाको भविष्य मतदाताले निर्धारण गर्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ