arrow

इलाम–२ उपनिर्वाचन

उम्मेदवारहरुले गरे मतदान, लिम्बूले तोडे निर्वाचन संहिता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
ilam2-election-81-01-15bb.jpg

इलाम । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा मतदान भइरहेको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । 

इलाम २ को प्रतिनिधि सभा निर्वाचनका लागि १९ जना उम्मेदवार मैदानमा छन् । उनीहरुले मतदानसमेत गरेका छन् । निर्वाचनमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लगायतले मतदान गरेका हुन् । 

१९ जना उमेदवारले नै आफ्नो आफ्नो क्षेत्रबाट मतदान गरेका छन् । 

७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

रास्वपा उम्मेदवार लिम्बूले तोडे निर्वाचन संहिता
रास्वपाका उम्मेदवार मिलन लिम्बूले भने निर्वाचन संहिताको उल्लंघन गरेका छन् । उनले आफ्नो चुनाव चिन्ह नै लगाएर मतदान गर्न गएका थिए । यो गर्न पाइँदैन । 

लेखिएको छ, ‘मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन नहुने ।’

यही नियमको उनले उल्लंघन गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ