arrow

रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
milan-limbu-rsp-ilam-81.jpg

इलाम । इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । 

लिम्बूले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उल्लंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन शुरु गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा उजुरी परेपछि आवश्यक कारबाही शुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारबाहीको पूर्ण अधिकार दिइएको बताएका छन् ।

लिम्बूले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राखे पनि आचारसंहिता उल्लंघन भएको उजुरीपछि सो तस्बिर हटाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ