- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनको मतगणना बिहान ११ बजेदेखि शुरु हुने भएको छ । त्यसका लागि बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।
सर्वदलीय र पक्षीय बैठकले ११ बजे मतगणना शुरु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।
यसअघि गएराति १० बजे बैठक बसेर मतगणना थाल्ने जनाइएको भए पनि मतपेटिका आइपुग्न ढिलाइ भएका कारणले ७ बजेका लागिमात्र बैठक बोलाइएको थियो । बैठक पनि एक घण्टा ढिला गरी बसेकाले मतगण्नामा ढिलाइ भएको हो ।
शनिबार भएको निर्वाचनमा इलाम २ मा ५९।७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ ।
इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शान्तिपूर्ण रुपले सम्पन्न भएको चुनावमा एमालेका सुहाङ नेम्बाङ, नेपालीकांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।
यता निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा रास्वपाका लिम्बूलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।