arrow

जापानी विदेशमन्त्री आगामी साता नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
japan-flag-std.jpg

काठमाडौँ । जापानका विदेशमन्त्री आगामी साता नेपाल भ्रमणमा आउने भएकी छन् ।  जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

“विदेशमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ”, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ ।

छ राष्ट्रको भ्रमणमा निस्कुनअघि विदेशमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ