- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चैनपुर । बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गरेसँगै मतगणना शुरु हुनेछ ।
शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसअघि २०७९ मा यो क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको गत असारमा सडक दुर्घटनामा निधन भएको थियो ।