arrow

इलाममा ढिला गरी मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
ilam-vote-count-2081w.jpg

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना ढिला गरी शुरु भएको छ । दिउँसोमात्र मतगणना शुरु भएको हो ।

मतगणना गौतमबुद्ध सभाहल (सिटी हल) इलाम नगरपालिका ७ मा भइरहेको हो । 

गणना पहिले फाकफोकथुम गाउँपालिकाबाट शुरु भएको हो । त्यसपछि चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको मतपत्र गणना हुनेछ ।

यसअघि बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने जनाइएको थियो । 

त्यसअघि गएरातिदेखि नै मतगणना गर्ने एक खालको सहमति भएको भए पनि मतगणनाका लागि ढिलाइ भएको थियो । 

बिहान ८ बजेमात्र बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने सहमति भएको भए पनि ढिला गरी गणना भएको हो । 

जम्मा २ ठाउँमा मात्र मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । जबकि यसअघि हिजो ४ ठाउँमा गणना गर्ने एक खालको सहमति भएको थियो । 

जम्मा दुई ठाउँमा मात्र गणना गर्दा आज परिणाम आउने सम्भावना छैन । 

शनिबार भएको मतदानमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शान्तिपूर्ण रुपले सम्पन्न भएको चुनावमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ