arrow

आईएमईलाई राष्ट्र बैङ्कको सम्मान, २७.५% हिस्सासहित सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउन सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
ime-nrb-awarded-remit-2024.jpg

काठमाडौँ। आईएमईले सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनीको रूपमा सम्मान पाएको छ। नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैङ्कले आईएमईलाई यस्तो सम्मान दिइएको हो।

शुक्रवार राष्ट्र बैङ्कमा आयोजित वार्षिकोत्सव समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई उक्त सम्मान हस्तान्तरण गरे।

आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स कम्पनीमार्फत भित्रिएको कुल रेमिट्यान्समध्ये २७.५ प्रतिशत हिस्सा आईएमईले ओगटेको कार्यक्रममा राष्ट्र बैङ्क विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले जानकारी दिए।

राष्ट्र बैङ्कले उत्कृष्ट तीन कम्पनीलाई यस्तो सम्मान गरेको थियो। त्यसमध्ये दोस्रोमा सिटी एक्सप्रेस मनि ट्रान्सफर र तेस्रोमा ई सेवा मनि ट्रान्सफर रहेका छन्। सिटी एक्सप्रेसले १४.९ प्रतिशत र इसेवो १२.१ हिस्सा ओगटेको कार्यकारी निर्देशक घिमिरेको भनाइ छ।

नेपालमा रेमिट्यान्सको पायोनियर कम्पनीको रूपमा रहेको आईएमई सन् २००१ मा स्थापना भएको थियो। अहिले सो कम्पनीले विश्वका १५ वटा देशहरूबाट नेपालमा रेमिट्यान्स पठाउने सेवा प्रदान गर्दै आएको छ। स्थापनादेखि अहिलेसम्म उक्त कम्पनी सधैँ पहिलो नम्बरमा रहँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ