arrow

सांसद शर्माको केएमसीको स्वास्थ्य टोली बाजुरामा, पन्ध्र सय बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
patient-bajura-kmc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बाजुरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिका बाजुराको आयोजनामा स्वामीकार्तिक गाउँपालिकाको कार्यालय प्राङ्गण पिलुचौरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १४ सय ७५ जना बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ११७ जनाको ईसीजी, २१३ जनाको ल्याब परीक्षण र १६६ जनाको भिडियो एक्सरे गरिएको थियो ।

७८ जनाको ईको गरिएको थियो भने ११४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकायाको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले स्वागत भाषण गरेका थिए । 

सांसद डा. सुनील शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवाी सुभाष पोख्रेल, केएमसीका महाप्रबन्धक दाहाल, पूर्व सांसद रीता शाही, पूर्व मन्त्री जनकराज गिरी र कमल बुडाले मन्तव्य राखेका थिए 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ