arrow

तलब बढाउन माग गर्दै लुफ्थान्साका पाइलट हडतालमा

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
Lufthansa.jpeg
बर्लिन (जर्मनी) । जर्मनीको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी लुफ्थान्साका विमान चालकले आफ्नो तलब र सुविधा वृद्धिका लागि भनी बिहीबारदेखि सुरु गरेको हड्ताल शुक्रबार पनि नरोकिँदा आन्तरिक तथा बाह्य यात्रुगरी लाखौँ प्रभावित बनेका कम्पनीले जनाएको छ । 
 
हडतालका कारण शनिबारका लागि तय भएका १३७ लामो दुरीका उडानसहित झन्डै आठ सयको हाराहारीमा छोटो दुरीका उडान रद्द भएका छन् । हड्तालका कारण कम्पनीले तीन दिनमा तीन करोड १५ लाख अमेरिकी डलरको घाटा भएको जनाएको छ । 
 
विमान चालकको माग सम्बोधन नभएको जनाउँदै चालकहरुले शनिबार पनि हड्ताल जारी रहने जनाएका छन् । उक्त ध्वजावाहकका चालकले स्न २०१४ पछि विभिन्न समयमा सेवा तथा सुविधा वृद्धिका लागि गरेका विरोधका कार्यक्रमसहित यो १४ औँ सङ्घर्ष हो । 
 
पाइलटहरुले ३.६६ प्रतिशत प्रतिवर्षका दरले आफ्नो तलबमा वृद्धि गर्नुपर्ने माग राखेका छन् भने कम्पनी प्रशासनले २.५ प्रतिशतको वृद्धि गर्न तयार देखिएको छ । विमान कम्पनीमा कार्यरत वरिष्ठ चालकले प्रतिमहिना २२ हजार युरोभन्दा बढी कमाउने गर्छन् ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ