arrow

बझाङमा ६२३ मत बदर, सदर २९ हजार ७०५ मतमध्ये कसलाई कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
upanirwachan-2081.jpeg

काठमाडौँ । बझाङको प्रदेश सभा उपनिर्वाचनको जितहार टुंगिएको छ । ११ जना उम्मेदवार खडा भएकामा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । 

गत शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो । जसमा ६२३ मत बदर भएको छ । सदर मत संख्या २९ हजार ७०५ रहेको छ । 

जसमा विजेता एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याए । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६, माओवादी केन्द्रका जनकबहादुर बढाले ३ हजार ८३१, नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याए । 

राप्रपाका किशोरकुमार खड्काले २४२ मत ल्याएका छन् । त्यस्तै रामबहादुर जाग्रीले ४४, गजेन्द्रबहादुर थापाले ३५, दिपकबहादुर खड्काले २८, शुशीलादेवी विष्टले २६ र खगेन्द्रबहादुर शाहीले २४ मत ल्याए । 

कमल घर्टीमगरले जम्मा २ मत ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ