arrow

एसिया कप महिला क्रिकेटः नेपालले पाकिस्तानलाई दियो ४८ रनको झिनो चुनौती

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
acc-woman-t-20.jpeg
बैंकक । एसिया कप महिला टी–२० क्रिकेटमा नेपालले पाकिस्तानलाई ४८ रनको झिनो चुनौती दिएको छ । मलेसियाको बैंककमा जारी खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै १८.१ ओभरमात्र क्रिजमा रहेर ४७ रनमात्र बनाउन सक्यो । कप्तान रुबिना क्षेत्रीलेमात्र दोहोरो अंक बनाउन सकेको नेपालको इनिङमा रुबिनाले नटआउट रहँदै ११ रन बनाइन् । 
 
रुबिना बाहेक कुनै पनि नेपाली ब्याटवुमनले दोहोरो अंक बनाउन सकेनन् । ज्योति पाण्डे र इन्दु बर्माले ८–८ रन जोडे । नेपाललाई कम योगफलमा रोक्ने क्रममा पाकिस्तानी बलर अनम अमिन, साना मीर र सादिया युसाफले २–२ विकेट लिए । 
 
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ६४ रनले हरायो । भारतले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ११८ रन बनायो । जवाफमा बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै ५४ रन बनायो । 
 
प्रतियोगितामा आयोजक थाइल्याण्ड र नेपालसहित एसियाका चार अन्तर्राष्ट्रिय मान्यताप्राप्त भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका रहेका छन् । 
 
बलिया प्रतिद्धन्द्धीसंग खेल्न पाउँदा नेपाली टिम अझ सशक्त हुने विश्वास गरिएको छ । हरेक टिमले आपसमा एक एक खेल खेल्नेछन् । शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । नेपालले विश्वकप छनोटको एसिया रिजनमा दोस्रो स्थान हासिल गर्दैै एसिया कप खेल्ने अवसर पाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ