arrow

रियाल मड्रिडले जित्यो ला लिगाको ३६ औँ उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
real-madrid-2024.jpg

काठमाडौँ । स्पेनिश ला लिगाको उपाधि रियाल मड्रिडले जितेको छ । लिगमा चार खेलअघि नै रियाल म्याड्रिड ला लिगाको उपाधि जित्न सफल भएको हो । गएराती सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४–२ गोल अन्तरले पराजित गरेसँगै रियाल मड्रिडको लिगको उपाधि जित सुनिश्चित भएको हो ।

गएराती नै सम्पन्न खेलमा रियाल मड्रिडले काडिजलाई ३–० ले पराजित गरेको थियो । ला लिगामा रियाल मड्रिडको ३४ खेलमा ८७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको ३४ खेलमा ७४ अंक रहेको छ ।

४ खेल खेल्न बाँकी हुँदै रियाल मड्रिडले १३ अंकको अग्रता बनाएपछि जित सुनिश्चित बनेको हो ।

योसँगै रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ । रियाल मड्रिड सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब हो । उसले पछिल्लो पटक २०२१–२२ सिजन जितेको थियो ।

त्यस्तै बार्सिलोनाले अहिलेसम्म २७ पटक यो उपाधि जितेको छ भने एथ्लेटिको मड्रिडले ११ पटक लिग जितेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ