arrow

फुट्यो जसपा, अशोक राईको नेतृत्वमा कसले छाडे उपेन्द्रलाई ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
jasapa-divide-81-01-23.jpg

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो ।

नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेका छन् । 

आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ