arrow

ओलीको आह्वान कुर्दै वामदेव, एमाले छिर्न हतार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
bamdev-gautam-81-01-25.jpg

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पुगेका उनले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरे । 

गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको कुरा अध्यक्ष ओलीलाई भनिसकेको पनि स्मरण गरे । त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमान्डर बनाउनुपर्ने उनको प्रस्ताव थियो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहनुभएका गौतमले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा हुने बताए ।

उनले भने, ‘अहिले पनि उहाँले बोलाएको बेलामा जानु पर्दथ्यो, जान सकिन । त्यस्तो फुट्ने अवस्था सृजना हुनुभन्दा पहिले नै तपाईँले मलाई साथ दिनुपर्दथ्यो भन्नुहुन्छ उहाँले । पहिले नै उहाँलाई साथ दिन हुन्थ्यो । र मैले उहाँलाई भने–मेरो साथ दिने तपाईँले कोसिस नै गर्नुभएन । मैले कसरी साथ दिने ? तर यो सबै अनुभवले के हुन्छ भने मैले कमरेडलाई भने–तपाईँलाई ढलाउनका निम्ति, तपाईँको आलोचना गर्नको निम्ति, तपाईँलाई खुट्टा तान्नको निम्ति म तपाईँको पार्टीमा आउने होइन । म तपाईँलाई सहयोग गर्न आउने हो । तपाईँले जति उपलब्धि हासिल गरेका छन् । त्यो भन्दा बढी उपलब्धि हासिल हुने गरी म आउँछु । मैले उहाँलाई भने । आगामी २०८४ को निर्वाचनमा हामीले ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाऔँ । र त्यो योजना चाहिँ देखाऊँ । मैले त्यस बेला भनेको थिए । ८ महिना, नौ महिना पहिले नै उहाँलाई मैले त्यो भनेको थिएँ । मलाई कमान्डर बनाउनु भयो भने फेरि त्यस्तै हुन्छ कि ? धेरै समर्थक आए भने फेरि पार्टी फुटाइदिने हो कि भन्ने डर लाग्छ भने मसँगै अरू कोही कसैलाई राखिदिनुस् जहाँ गए पनि, जे गरे पनि । मैले भने । मैले २ लाख मानिसहरूको बिचमा पनि सम्बोधन गरेको छु । लाख व्यक्तिको बिचमा पनि सम्बोधन गरेको छु । ५० हजारको बिचमा पनि सम्बोधन गरेको छु । ५० हजार मासमा त मैले ए कामरेडहरु उठ्नुस् है एक पटक उठेर लालसलाम गर्नुस् भन्दा सबैले उठेर लालसलाम गरेका छन् । वामदेव गौतम त्यसै वामदेव गौतम भएको छैन । यो मान्छेलाई नमर्दासम्म प्रयोग गर्नुस् हो तपाईँहरूले । मैले भनेको थिए । अव यो के गर्नु हुन्छ हेर्दै जाऊ । नमर्दासम्म मैले काम गरिरहन पर्छ । मरेपछि त्यो हँसिया हतौडाको झन्डा ओढेर न पाउनुपर्छ । यति हो मेरो अरू केही पनि छैन । र म यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । सुनिदिनु भयो । विचार गर्नुहोला । मन्थन गर्नुहोला । र आफ्नो अध्यक्षलाई, नेतालाई, कमरेड केपी ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याऊँ भन्नुहोला ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ