- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपालाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्यले हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
आयोगले जनता समाजवादी पार्टी जसपा नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टी जसपालाई दर्ता गरेको हो ।
आयोगले दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता गरेको बुझिएको छ ।
नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा भएको मौकामा राई पक्षले दल नै फुटाएको हो । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेलेको दाबी गरिएको छ ।