arrow

मन्त्रिपरिषद् बैठक ३ घण्टा बस्यो, संविधान संशोधन प्रस्ताव पेश भएन

सोमबार फेरि बस्ने

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
cabinet-aaja-nnn.jpeg

काठमाडौं । सरकाले संसदमा दर्ता गर्ने भनेको संविधान संशोधन प्रस्ताव आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि पेश हुन नसकेपछि प्रक्रिया लम्बिएको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठक नियमित भएको र बैठकमा संविधान संशोधनको प्रस्ताव पेश हुन नसकेको बैठकमा सहभागि ऊर्जामन्त्री जनार्दन शर्माले हाम्राकुरालाई जानकारी दिए । शर्माले भने, ‘बैठक ३ घण्टा बस्यो । बैठकमा सरुवा, बढुवा लगायत अन्य प्रस्तावहरु पेश भए । संविधान संशोधन प्रस्ताव पेश भएन ।’ प्रस्ताव पेश नभएको कारण भने मन्त्री शर्माले भनेनन् ।

शर्माका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव पेश हुनेछ । सरकारले आइतबारै बैठकबाट पारित गरेर संसद सचिवालयमा दर्ता गर्ने तयारी गरेकामा प्रस्ताव पेश नै हुन सकेन ।
 
बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि सरकाले दर्ताको समय लम्बिएको छ । आन्दोलनरत संघीय गठबन्धनले दिएको समय सीमा मंगलबार सकिँदैछ । सो समयसीमा भित्रै सरकारले प्रस्ताव दर्ता गर्ने बताउँदै आएपछि प्रधानमन्त्री दाहालले सत्ताधारीहरुबीचमै सहमती जुटिनसकेकाले जोखिम मोलेर संविधान संशोधन दर्ता नगराउने अडान लिएका छन् । प्रधानमन्त्री दाहालले फेरि पनि छलफल जारी राख्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ