- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुँदैन भन्दै नयाँ दल बनाएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठीक नभएको बताउँदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।
उनले आफूहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए । राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउँदै पारदर्शितासमेत नहुने गरेको बताए ।
उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताएका छन् ।
अमेरिका जानुअघि उपेन्द्र यादवले पार्टीको विधान विपरीत निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए ।
जसपा नेपालका १२ सांसदमध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंवैधानिक रहेको बताउँदै अदालत जाने बताएका छन् ।