arrow

उच्च अदालत पोखरा बागलुङ इजलासमा केसी र लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
high-court-pokhara-baglung.jpg

पोखरा । उच्च अदालत पोखरा बागलुङ इजलासको न्यायाधीशमा खड्कबहादुर केसी र नातिबाबु लामिछाने आउने भएका छन् ।

न्याय परिषद्को आजको बैठकले केसी र लामिछानेलाई उच्च अदालत पोखरा बागलुङ इजलासमा सरुवा गरेको हो ।

केसी यसअघि जुम्ला इजलास (हाल काज उच्च अदालत सुर्खेत) मा र लामिछाने उच्च अदालत विराटनगर ओखलढुंगा इजलासमा कार्यरत थिए ।

यता, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत न्यायाधीश मदन पोखरेललाई उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ